एमसिसीबारे आन्तरिक छलफल भइरहेकाले कुनै निर्णय भएको छैनः जसपा

एमसिसीबारे आन्तरिक छलफल भइरहेकाले कुनै निर्णय भएको छैनः जसपा

२९ असार, काठमाडौं । जनता समाजवादी पार्टीले एमसिसीबारे पार्टीभित्र आन्तरिक छलफल भइरहेकाले कुनै निर्णयमा नपुगेको बताएको छ ।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले सोमबार विज्ञप्ति निकालेर एमसिसीबारे आफ्नो नीति र धारणा निर्माण गर्न आन्तरिक गृहकार्य जारी नै रहेको बताएका हुन् ।

एमसिसीबारे पार्टीलाई जोडेर खबर आइरहेको उल्लेख गर्दै जनता समाजवादीले भ्रम फैलाउने उद्देश्यले गरिएका गलत र सुनियोजित प्रचारमा सत्यता नभएको उल्लेख गरेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.