नेकपा सचिवालय बैठक आज ३ बजे बस्दै

नेकपा सचिवालय बैठक आज ३ बजे बस्दै

३ साउन, काठमाडौं ।
पार्टीभित्र आन्तरिक विवाद चर्किरहेका बेला नेकपाको सचिवालय बैठक शनिबार अपरान्ह ३ बजे बस्ने भएको छ ।

प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बस्ने नेकपा प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिए । सचिवालय बैठकमा पार्टीभित्र पछिल्लो समय देखिएको विवाद समाधान र समसामयिक राजनीतिबारे छलफल हुने थापाले बताए ।

नेकपाले स्थायी कमिटी बैठक स्थगन गरेर आज सचिवालय बैठक बोलाएको हो । गत असार १० गतेबाट सुरु भएको नेकपा स्थायी कमिटी बैठक पार्टीको आन्तरिक विवाद मिलाउन पटक पटक स्थगित हुँदै आएको छ ।

यसअघि शुक्रबारका लागि डाकिएको स्थायी कमिटी बैठक आइतबार दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ । शनिबार दिउँसो सचिवालय बैठक बस्नुअघि नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता हुने पनि सूर्य थापाले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.