नेकपाको स्थायी कमिटी बैठक पुनः स्थगित, बैठक साउन ६ गते बस्ने

नेकपाको स्थायी कमिटी बैठक पुनः स्थगित, बैठक साउन ६ गते बस्ने

४ साउन, काठमाडौँ । आज (आइतबार) ३ बजेका लागि बोलाइएको सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठक फेरि स्थगित भएको छ ।

पटक पटक स्थगित हुँदै आएको बैठक साउन ६ गते ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयले विज्ञप्ति जारी गर्दै बताएको छ ।

शनिबारको सचिवालय बैठकमा मंसिरमा महाधिवेशन गर्ने प्रस्ताव आएपछि नेकपामा जारी विवाद नयाँ मोडमा पुगेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.