क्याबिनेटमा जब प्रधानमन्त्री ‘परिबन्द’ मा परे

क्याबिनेटमा जब प्रधानमन्त्री ‘परिबन्द’ मा परे

अरु बेलाजस्तो अस्ति सोमबार साँझको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी ओलीले लामो भनाइ राखेनन् । बरु, बैठकको बीचमा नेकपा अध्यक्ष प्रचण्डले अघिल्लो शनिबार आफूलाई झुक्याएर शीतल निवास पु¥याएको प्रसंगसम्बन्धी अहिले मान्छेहरूको मुखमुखमा झुण्डिएको ‘परिबन्द’ शव्द प्रयोग गरे । अनि, सबै मन्त्री गलल हाँसे ।

‘अहिले देशव्यापी रुपमा बाढी, पहिरोले प्राकृतिक विपद् मच्चिएको छ । यस्तो बेलामा सबै राजनीतिक दल, संघसंस्थालाई त्यसतर्फ केन्द्रित हुन आह्वान गरौँ’ भनेर प्रधानमन्त्रीले बैठक शुरु गरे । अरु दिनभन्दा अलिक बढी थकितजस्तो देखिएका उनले पहिला–पहिला विभिन्न मन्त्रीलाई उनीहरूले ल्याएको प्रस्तावबारे सोधखोज र टिप्पणी गर्थे । तर, सोमबार त्यस्तो केही भनेनन् ।

शुरुमा विपद्बारे केही कुरा राखेपछि बैठक सीधै एजेण्डामा प्रवेश ग-यो । मन्त्रीहरूका कान आ–आफ्ना एजेण्डा अगाडि आउँदा ठाडो हुने र अर्काको एजेण्डामा खासै चासो हुँदैन । तर, सोमबारको बैठकको बीचमा एउटा यस्तो एजेण्डा आइदियो जसले मन्त्रीहरूलाई ‘के हो र कसो हो ?’ भन्नेखालको जिज्ञाशा उत्पन्न गरायो । तर, त्यस्तो बैठकको मर्यादा नै कस्तो हुन्छ भने, प्रधानमन्त्रीलाई सोध्न नमिल्ने !

कुनै एउटा प्रस्ताव पास गर्नैपर्ने खालको थियो । यसमा सबै मन्त्रीको कान ठाडो भइसकेको थियो । तर, त्यस्तो प्रस्ताव उल्लेखित कागज पन्छाउँदै प्रधानमन्त्रीले भने, ‘यो राष्ट्रपतिकहाँ परिबन्दले लानैपर्ने भयो भने जस्तो केही होइन ।’ उनले यति भनेपछि मुख्यसचिवसहित सबै मन्त्रीहरू एकै तालमा गलल हाँसे ।,आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.