‘उहाँले हैन मैले हो कसरी भन्न सकेको?’

‘उहाँले हैन मैले हो कसरी भन्न सकेको?’

१० साउन, काठमाडौं ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र नक्सा प्रकरणलाई लिएर आरोप–प्रत्यारोप सुरु भएको छ ।

पाँच नम्बर प्रदेशका मुख्यमन्त्री एवम् पार्टी इन्चार्ज शङ्कर पोखरेलले दुईदुई पटक प्रधानमन्त्री हुँदा कालापानी विवाद थाहा नपाउनेले नक्सा आफूले छापेको कसरी दाबी गर्न सकेको भनेर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले शुक्रबार तुलसीलाल स्मृति भवन, च्यासलमा आयोजित कार्यक्रममा नक्सा छाप्ने निर्णय पार्टीको भएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको देवत्वकरण गर्न नमिल्ने बताएका थिए ।

कार्यकारी अध्यक्षको जिम्मा पाएपछि पुसमा बसेको स्थायी कमिटी बैठकमा सामूहिक निर्णय गरिएको, केन्द्रीय कमिटी र सचिवालयले पनि निर्णय गरेर दबाब दिएपछि नक्सा छाप्न सरकार तयार भएको उनले बताएका थिए ।

“त्यतिबेला कार्यकारी अध्यक्षको हैसियतले मैले नै निर्णय गर्नुपर्छ । हिन्दुस्थान (भारत) ले हाम्रो पनि भू–भाग समेटेर नक्सा निकालेपछि त्यसको जवाफ हामीले नक्सा छापेरै दिनुपर्छ भनेर मंसिर २९ गतेदेखि बसेर पुस ६ गते सकिएको बैठकले निर्णय गरियो ।

माघमा बसेको केन्द्रीय कमिटी बैठकले पनि निर्णय गरेको छ । त्यसपछि सरकारको ध्यानकार्षण गराउने काम भयो । तर तपाईंहरूलाई थाहा छ, त्यतिबेला नक्सा छाप्ने होइन भूमि नै फिर्ता ल्याउने सरकारको जवाफ आयो,” प्रचण्डले कार्यक्रममा भनेका थिए ।

त्यसको जवाफ दिँदै स्थायी कमिटी सदस्य समेत रहेका पोखरेलले सामाजिक सञ्जालमा प्रश्न गरेका छन्, “कालापानी क्षेत्रको सीमा विवाद पुरानै हो । आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नपाउनेले अहिले उहाँले होइन मैले हो भन्न कसरी सकेको ?”

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.