१० साउन, काठमाडौं ।
पूर्वमन्त्री सुनिलबहादुर थापा, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, बृजलाल यादव, पदमबहादुर बस्नेतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ३१ नेताले संयुक्त राजीनामा दिएका छन् । शनिबार पार्टीका अध्यक्षत्रयलाई पत्र लेख्दै उनीहरूले राजीनामा दिएका हुन् ।
उनीहरूले नेतृत्व ढुलमुले दृष्टिकोणका साथ अगाडि बढेकाले पार्टी एकीकरणपछि पनि आकर्षण नबढेको र आफूहरुले पटकपटक ध्यानाकषर्ण गराउँदा पनि जनमत प्रतिकुल अगाडि बढेकाले साथ दिन नसक्ने निष्कर्षमा पुगेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा सुनिल आफ्नो समूहसहित नेपाली कांग्रेस प्रवेश गर्ने तयारीमा रहेकाे जनाइएकाे छ ।