एकतर्फी रुपमा दाहाल-नेपाल समूहद्वारा स्थायी कमिटी बैठक पुनः सुचारू

एकतर्फी रुपमा दाहाल-नेपाल समूहद्वारा स्थायी कमिटी बैठक पुनः सुचारू

१३ साउन, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोकिएको स्थायी कमिटी बैठक पुनः सुचारू गरेका छन् ।

यसअघि प्रधानमन्त्री ओलीइतरका स्थायी कमिटी सदस्यहरूले बालुवाटारमा बैठक सुरू गरेका थिए। बैठकको बीचमै अध्यक्ष प्रचण्ड र बरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री ओलीलाई भेट्न गएका थिए।

दुई नेता प्रधानमन्त्रीलाई भेटेर आएपछि बैठक फेरि सुरू भएको प्रचण्डका प्रेस सहयोग विष्णु सापकोटा ‘जुगल’ ले जानकारी दिए।

स्रोतका अनुसार बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, सरकारका केही मन्त्रीहरू पनि सहभागी भएको स्रोतले जानकारी दियो।

उपाध्यक्ष गौतमले आजै पार्टी बिग्रह रोक्न भन्दै दुई अध्यक्षलाई ६ बुँदे सुझाव दिएका थिए। ओलीइतर समूहले उक्त बैठकमा २५ जना सदस्य सहभागी भएको बताए पनि ओली पक्षले भने त्यहाँ १७ जनामात्र सहभागी भएको दाबी गरेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.