प्रधानमन्त्री ओली र गौतमबीच भेट, गाैतमकाे प्रस्तावमा ओली सकारात्मक

प्रधानमन्त्री ओली र गौतमबीच भेट, गाैतमकाे प्रस्तावमा ओली सकारात्मक

१४ साउन, काठमाडौँ ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच सोमबार साँझ भैँसेपाटीस्थित गौतम निवासमा छलफल भएको छ ।

अध्यक्ष ओली र उपाध्यक्ष गौतमबीच करिब एक घण्टा छलफल भएको थियो । परिवारका सदस्यसहित गौतम निवास पुगेका प्रधानमन्त्री ओली साँझ ९ बजे गौतम निवासबाट बाहिरिएका थिए ।

छलफलमा नेकपालाई कुनै हालतमा ‘फुट्न’ नदिनेमा केन्द्रीत भएर छलफल भएको भैँसेपाटी स्रोतले बताएको छ । प्रधानमन्त्रीसँगै पार्टी महासचिव विष्णु पौडेलको पनि उपस्थिति थियो ।

भैँसेपाटी गौतम निवास स्रोतले छलफललाई नितान्त पारिवारिक भेटघाट भनेको छ । तर त्यसमा राजनीतिक विषयमा समेत छलफल भएको बताइएको छ । पार्टीभित्र चुलिएको विवादले प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतम दुवैले चिन्ता व्यक्त गरेका छन् ।

विवादलाई चाँडोभन्दा चाँडो सल्टाउन नेताहरू सबै लाग्नुपर्ने र पार्टीलाई हरहालतमा ‘फुट’बाट बचाउनुपर्ने सुझाव गौतमले बैठकमा दिए । नेकपाभित्र चुलिएको विवाद सल्टाउन उपाध्यक्ष गौतमले राखेको छ बुँदे मध्यमार्गी प्रस्तावमा प्रधानमन्त्री ओली सकारात्मक प्रतिक्रिया दिएको बुझिएको छ । बैठक सकारात्मक रहेको नेता गौतमका स्वकीय सचिव दीपक टमटाले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.