पत्रकार सम्मेलन गरेरै रामचन्द्रले देउवाविरुद्ध दुखेसो पोखे

पत्रकार सम्मेलन गरेरै रामचन्द्रले देउवाविरुद्ध दुखेसो पोखे

१५ साउन,काठमाडौँ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन प्रभावित पार्नेगरी क्रियाकलाप गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले असन्तुष्टि जनाएको छ । बिहीबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी वरिष्ठ नेता पौडेलले सभापति देउवाले पार्टीको निर्वाचन आचारसंहिता विपरित पद बाँड्ने काम गरेको भन्दै विरोध जनाएका हुन् ।

वरिष्ठ नेता पौडेलले बिहीबार सभापति देउवालाई भेटेर लिखित असहमति जनाएको समेत बताए । तरपनि सभापति देउवाले आफुहरुको मागलाई सम्बोधन गर्ने प्रतिवद्धता नजनाएको पौडेलले बताए । उनले पारदर्शि ढंगले क्रियाशिल सदस्यको वितरण र नविकरण हुनुपर्नेमा केन्द्रबाट वडावडामा दवाव दिने काम भएको बताए । फोरम लोकतान्त्रिकलाई पार्टीले नै निर्णय गरेर प्रवेश गराइएको तर पछिल्लो समय व्यक्तिगत प्रवेशलाई लिएर क्रियाशिल सदस्य बाँडने काम सभापति देउवाले गरेको पौडेलले बताए । विदेश स्थित जनसम्पर्क समिति देखि विभिन्न भातृसंगठनमा पद वितरण गर्ने काम गरिनु महाधिवेशनलाई प्रभावित गर्ने गतिविधि भएकोले आफुहरुको आपत्ति रहेको पौडेलले बताए ।

वरिष्ठ नेता पौडेलले सभापति देउवाले गल्ति गर्दै जाँदा आफुहरुले सशक्त दबाब दिदै जाने समेत बताए । १३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि ६ महिना भित्रमा सबै विभागलाई पूर्णता दिनुपर्नेमा १४ औं महाधिवेशनको प्रक्रिया सुरु भएपछि विभागहरु थप्ने र पद बाँडने काम भएको उनले बताए । विधान विपरित भएका सबै क्रियाकलापलाई महाधिवेशनमा एजेण्डाको रुपमा लैजाने घोषणा गर्दै वरिष्ठ नेता पौडेलले त्यस्ता गतिविधिलाई साथ नदिन देशभरका कार्यकर्तालाई आग्रह गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.