बढ्दो संक्रमणका बीच संसदीय समितिका सभापतिको निर्वाचन

बढ्दो संक्रमणका बीच संसदीय समितिका सभापतिको निर्वाचन

२२ साउन, काठमाडौं । राष्ट्रियसभाका चारवटा विषयगत समितिका सभापतिको लागि निर्वाचन प्रकृया सुरु भएको छ ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम १५० को उपनियम (२) बमोजिम सभापतिका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ ।

विहान ११ बजेबाट ४ बजेटसम्म उम्मेदवारी दर्ताको समय तोकिएकोमा अहिलेसम्म चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

संसद सचिवालयका अनुसार विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारीको उम्मेदवारी दर्ता भएको छ ।

चारबजेसम्म उम्मेदवारी दर्ताको समय रहेकोमा साढे ४ बजे अन्तिम नामावली प्रकाशन हुने राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले बताए ।

सचिवालयका अनुसार साउन २३ गते दिउँसो १ बजे निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।

एउटा समितिमा एकमात्रै उम्मेवारी परेमा सम्बन्धित समितिको बैठकमा निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ ।

एक भन्दा बढी उम्मेदवारी दर्ता भएमा निर्वाचन प्रक्रिया मार्फत सभापति छनोट गरिनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.