२२ साउन, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित परिवारका सबै सदस्यहरूको कोरोना भाइरस (कोभिड–१९) परीक्षण रिर्पोट नेगेटिभ आएको छ ।
विध म्यानेजमेन्ट प्रालिको प्रयोगशालामा गरिएको परीक्षणमा प्रचण्ड, उनका परिवारका सदस्यहरूको रिपोर्ट नेगेटिभ आएको हो । प्रचण्डकी निजी सचिवसमेत रहेकी छोरी गंगा दाहालले ६ जना सुरक्षाकर्मी बाहेक सबैको रिर्पोट नेगेटीभ आएको जानकारी दिएकी छिन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘अध्यक्ष लगायत हामी सम्पूर्ण परिवारका सदस्यहरू, सुरक्षाकर्मीहरू र सचिवालयका सदस्यहरूले कोभिड–१९ स्वाब परीक्षण गर्दा, बाहिरी घेरामा रहनुहुने ६ जना सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको छ । ६ जना बाहेक हामी सबैको रिर्पोट नेगेटिभ आएको जानकारी गराउँदछु ।’