उपत्यकाका तीनै जिल्ला प्रशासनमा अत्यावश्यकबाहेकका सेवा १५ दिनलाई स्थगित

उपत्यकाका तीनै जिल्ला प्रशासनमा अत्यावश्यकबाहेकका सेवा १५ दिनलाई स्थगित

२३ साउन, काठमाडौँ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले कोरोना स‌ंक्रमण बढेको भन्दै प्रशासन कार्यालयबाट अत्यावश्यकबाहेकका सेवा १५ दिनलाई स्थगित गर्ने निर्णय गरेको छ ।

बैठकले अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने तय गरेको छ ।

बैठकले मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गर्ने तथा सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने पनि निर्णय गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.