सांसद डा. सूर्यनारायण यादवलाई कोरोना संक्रमण पुष्टि

सांसद डा. सूर्यनारायण यादवलाई कोरोना संक्रमण पुष्टि

३० साउन, जनकपुरधाम।
सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय सांसद डा। सूर्यनारायण यादवलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

६४ बर्षीय डा. यादवमा बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको हो । उनी लामो समयदेखि जनकपुरधाममा निजी क्लिनिक संचालन गर्दै आएका छन् ।

बाल रोग विशेषज्ञ डा. यादव आफू अहिले स्वस्थ्य रहेको बताएका छन् ।उनले क्लिनिकमा उपचार गराउन आएका महोत्तरीका एक जना बालकबाट आफूलाई कोरोना संक्रमण सरेको बताए ।

उनले ती बालकलाई आफैंले उपचार गरेका कारण आफ्नो जाँच गराउँदा समेत पोजेटिभ आएको बताए । उनले भने– ‘शंका लागेर नौ दिनअघिदेखि नै आइसोलेसनमा बसेर स्वाब जाँच गराउन दिएको थिएँ । शुरुमा एकदमै शरीर दुखेपनि अहिले स्वास्थ्य अवस्था सामान्य छ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.