१ भाद्र, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीमा देखिएको विवाद समाधानका लागि दोस्रो तहका नेता सम्मिलित कार्यदल गठन गरेका थिए । कार्यदल गठन गरेपछि नेकपाका नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ असन्तुष्ट देखिएका थिए ।
कार्यदललाई कार्यादेशका लागि सचिवालय बैठक बोलाइएको नेताहरुले जनाएका छन् ।