अध्यक्षद्वय ओली र दाहालले बनाएको कार्यदल नेकपा सचिवालयद्वारा अनुमोदन

अध्यक्षद्वय ओली र दाहालले बनाएको कार्यदल नेकपा सचिवालयद्वारा अनुमोदन

१ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालयले अध्यक्षद्वय ओली र दाहालले बनाएको कार्यदललाई अनुमोदन गरेको छ ।

अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टीमा देखिएको विवाद समाधानका लागि बिहीबार महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएको थियो ।

तर वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ (प्रकाश)ले सचिवालयबाट गठन वा अनुमोदन गर्नुपर्ने बताएका थिए ।

त्यसअनुसार सोमबार बोलाइएको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.