काेराेना राेकथामका लागि योजना तयार गर्न प्रधानमन्त्रीकाे निर्देशन

काेराेना राेकथामका लागि योजना तयार गर्न प्रधानमन्त्रीकाे निर्देशन

२ भदौ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि आवश्यक योजना तयार गर्न सिसिएमसी लाई निर्देशन दिएका छन् । बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषदको नियमित बैठकमा प्रधानमन्त्री ओलीले सो निर्देशन दिएका हुन् ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको सिसिएमसीले योजनासहितको प्रतिवेदन ल्याएपछि त्यस विषयमा छलफल गरेर मन्त्रिपरिषदबाट निर्णय लिने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । सीसीएमसीको बैठक मंगलबार बस्ने र उक्त बैठकले ल्याएका प्रस्तावका आधारमा बुधबार मन्त्रिपरिषद् बैठक बसेर निर्णय लिइने भएको छ ।

त्यस्तै मन्त्रिपरिषद बैठकले प्रेस काउन्सिल नेपालको कार्यबाहक अध्यक्षमा पोखराका पत्रकार दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । परराष्ट्र मन्त्रालयका सहसचिव तापस अधिकारी, गेहेन्द्र राजभण्डारी, रामकाजी खड्कालाई राजदूतमा सिफारिस गर्ने निर्णय गरेको ती मन्त्रीले जानकारी दिए ।

त्यस्तै मन्त्रिपरिषद बैठकले युवा तथा साना स्वरोजगार कोषको उपाध्यक्षमा डा. कल्याण रोकालाई नियुक्त गर्ने निर्णय गरेको छ । चीनको इन्टरनेशलन युनिभर्सिटी अफ बिजनेस इकोनोमिकबाट राजनीतिक अर्थशास्त्रमा विद्यावारिधी गर्नुभएका खोटाङका डा. रोकाले जनसंख्या अध्ययन, समाजशास्त्र, राजनीति शास्त्र र इन्टरनेशलन इकोनोमी कोअपरेशनमा गरी चार विषयमा स्नातकोत्तर गरेका छन् ।

त्यस्तै बाढी पहिरोमा परी ज्यान गुमाउनेलाई क्षतिपूर्ति उपलब्ध गराउने र घाइतेको सरकारले उपचार गर्ने बैठकले निर्णय गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.