६ भाद्र, विराटनगर ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले पुजारीका हत्यारामाथि कारवाही गर्न माग गरेका छन्।
तीन दिनअघि रौतहटको माधवनारायण नगरपालिका–२ खेसहरिया टोलको हनुमान मन्दिरका पुजारी श्रीराम साहको अज्ञात समूहले गोली हानी हत्या गरेको थियो। मन्दिरमा रोटी खाइरहेका बेला उनीमाथि गोली प्रहार भएको थियो।
पुजारीको हत्या हुँदा एक शब्द नबोलेको भन्दै गगनको आलोचना भइरहेका बेला शनिवार विहान ट्वीटरमार्फत पुजारीका हत्यारामाथि कारवाही गर्न सरकारसँग माग गरेका हुन्। गगनले नेपाल प्रहरीसँग घटनाको अनुसन्धानबारे पनि जानकारी मागेका छन्।
अनुसन्धानमा विलम्ब नगर्न र सत्य तथ्य छानबिन गरी दोषीलाई शीघ्र कानूनी कारबाही गर्न आग्रह गरेका छन्।