६ भदौ, काठमाडौँ ।
पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि गठन गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएको छ ।
कार्यदलले शनिबार साँझ बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको हो । साउन ३० गते गठित कार्यदलले आफ्नो सर्वसम्मतिले प्रतिवेदन तयार गरेको छ ।
कार्यदलमा संयोजक विष्णुप्रसाद पौडेल र सदस्यहरू शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाललाई जिम्मेवारी तोकिएको थियो ।
यस्तो छ कार्यदलको प्रतिवेदनकाे सुझाव :
– प्रधानमन्त्री केपी ओलीको राजीनामाको मागलाई थाती राख्ने तथा स्थायी समितिको एजेन्डामा आधारित भएर छलफल अघि बढाउने ।
– सैद्धान्तिक तथा विवादित अन्य विषय महाधिवेशनबाट टुंगो लगाउने ।
– आगामी चैतमा महाधिवेशन गर्ने गरी कार्यतालिका तय गर्ने ।
– सरकारको नेतृत्व ओलीले र पार्टी सञ्चालन प्रचण्डले गर्ने ।
– सरकारको उपस्थिति र भमिकालाई प्रभावकारी बनाउन संघीय मन्त्रीपरिषद् र प्रदेश सरकारमा केही हेरफेर गर्ने ।
– कोरोना संक्रमणको अवस्था सहज भएपछि केन्द्रीय समिततिको बैठक बोलाउने ।