७ भदौ, विराटनगर ।
इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रालिले अत्याधुनिक प्रविधिलाई आफ्नो सेवामा भित्राउँदै आईपीभी सिक्सको प्रयोग सुरु गरेको जनाएको छ । क्लासिक टेक प्रालि नेपालमा आईपीभी सिक्सको पहिलो प्रयोग गर्ने इन्टरनेट सेवा प्रदायक संस्था बनेको छ । उसले बिगत १ वर्ष अगाडिबाट परीक्षण गरिरहेको तथा हाल ३ महिनादेखि ग्राहकहरुलाई आईपीभी सिक्स ट्राफिकमा लगिरहेको जनाइएको छ ।
कम्पनीले अहिले आफ्ना ८० प्रतिशतभन्दा धेरै इन्टरनेट ट्राफिकलाई आईपीभी सिक्समा आधारित रहेका डिभाइसहरु मार्फत उपलब्ध गराएको छ भने इन्टरनेट सेवालाई भरपर्दो, सुरक्षित र तीब्र बनाउन सबै सेवाग्राहीहरुलाई कम्पनीले आईपीभी सिक्समा लानेगरी काम गरिरहेको जनाएको छ । अबको डिभाइसहरु आईपीभी सिक्समा आधारित हरेक ग्राहकलाई फाइदाको लागि इन्टरनेट सेवाप्रदायक क्लासिक टेकले आईपीभी सिक्स प्रयोग गरिरहेको छ।
आफ्नो कूल ग्राहकहरुको ८० प्रतिशत ग्राहकहरुको लागि आईपीभी सिक्स प्रयोग गरिसकेको र बाँकी प्रक्रियामा रहेको र अन्य इन्टरनेट सेवाप्रदायकहरुको तुलनामा क्लासिक टेक सबैभन्दा धेरै आईपीभी सिक्स प्रयोग गर्ने कम्पनीको रुपमा अगाडि रहेको जानकारी दिएको छ । ‘नयाँप्रविधिको सपोर्टको रुपमा आएको आईपीभी सिक्सले सेवाग्राहीहरुलाई पनि उत्तिकै सहजताहुनेछ,’कम्पनीले भनेको छ ।
आईपीभी सिक्स (इन्टनेट प्रोटोकोल संस्करण) इन्टर्नेट प्रोटोकलको छैठौं संशोधन रहेको र आईपीभी फोरको सफल उत्तराधिकारी रहेको क्लासिटेकले बताएको छ। यसले क्लासिक टेकक मूल्यवान र सेवाको केन्द्रमा रहेका ग्राहकहरूको लागि बिभिन्न किसिमका फाइदाहरू दिने कम्पनीले जनाएको छ ।