निषेधाज्ञा बारे छलफल गर्न काठमाडौं उपत्यकाका सिडओहरूको भर्चुअल बैठक हुँदै

निषेधाज्ञा बारे छलफल गर्न काठमाडौं उपत्यकाका सिडओहरूको भर्चुअल बैठक हुँदै

१६ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू भर्चुअल बैठक बस्दैछन् ।

उपत्यकामा जारी निषेधाज्ञाको समय बढाउने या नबढाउने विषयमा साझा धारणा बनाउन बैठकमा छलफल काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

भदौ ४ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ। जारी निषेधाज्ञाको समय बुधबार राति १२ बजे सकिँदैछ।

निषेधाज्ञा समयको पूर्वसन्ध्यामा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू छलफलमा जुटेका हुन् ।

तीन जिल्लाका प्रजिअको राय मंगलबार नै गृह मन्त्रालयमा पठाइनेछ ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण अत्यधिक बढेपछि निषेधाज्ञा जारी गरिएको थियो। निषेधाज्ञाको समयमा पनि संक्रमितको संख्या भने घटेको छैन।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.