१७ भाद्र, काठमाडौँ ।
सरकारले ल्हासाको महावाणिज्यदुतमा नवराज ढकाललाई नियुक्त गरेको छ।
सहसचिव ढकाल यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा थिए। त्यहाँ उनी दुई पक्षीय तथा क्षेत्रीय व्यापार महाशाखा प्रमुख थिए। ढकाललाई परराष्ट्र मन्त्रालयमा सरुवा गरि त्यसपछि ल्हासाका लागि नियुक्त गरिएको हो।