आजका प्रमुख खबर
१.(आजै दर्जन)
आज नेपालमा थप १२ जना गरी हालसम्म २५१ जना कोरोना संक्रमितको मृत्यु /आजै ११ सय २० संक्रमित थपिदा संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुग्यो/ २३ हजार २ सय ९० जना डिस्चार्ज ।
२.(कहाँ कति छन् ?)
आज बुधबारसम्म नेपालमा ७ लाख १८ हजार ४ सय ३९ जनाको कोरोना परीक्षण/ १८ हजार १ सय ८ जना आइसोलेसनमा / देशभर आज ६ हजार ७ सय ६६ जना क्वारेन्टिनमा ।
३.(प्रदेशको भय)
विराटनगरमा ४४ गरी मोरङमा ४७, सुनसरीमा ७१ सहित प्रदेश १ मा आज थपिए १ सय ३७ संक्रमित /प्रदेशमा संक्रमितको संख्या ३ हजार ५ सय ९१ पुग्यो /१ हजार ६८७ जना डिस्चार्ज ।
४.(संक्रमणले सतायो)
काठमाडौं उपत्यकामा आज मात्र थपिए ३ सय ८८ संक्रमित/ मुलुकभर एक दर्जन जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहँदा ७ जिल्ला कोरोना मुक्त /काठमाडौंमा जारी निषेधाज्ञा एक साता लम्ब्याइयो ।
५.(कसले सुन्ने र ?)
निषेधाज्ञाको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा व्यवसायीहरुको जोड /लकडाउन र निषेधाज्ञा जारी हुँदा अर्थतन्त्रमा ठूलो क्षति पुगेको र रोग र भोक दुवैबाट मानिसको जीवन असुरक्षित देखिएको भनाई ।
६.(गोकुल प्रकरण)
सेक्युरिटी प्रेस खरिद प्रकरणमा पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्रलाई एक साताभित्र उपस्थित हुन अख्तियारको पत्र /अडियो रेकर्ड गर्ने उपकरण लिन जापान आएको र लकडाउनका कारण फर्किन नपाएको मिश्रको भनाई ।
७.(न्यायका खातिर)
रौतहटको प्रहरी हिरासतमा मृत्यु भएका विजय महराका परिवारलाई न्याय दिलाउन माग गर्दै पूर्वसांसद विश्वेन्द्र पासवान आमरण अनशनमा/पीडित परिवारलाई न्याय दिलाउन गठित संघर्ष समितिद्वारा सातादेखि गरुडामा प्रदर्शन ।
८.(अर्लट अरेबिया)
एअर अरेबियालाई यात्रुको रकम फिर्ता गर्न नेपाल सरकारको निर्देशन /२५ अगस्टमा एअर अरेबियाले १४२ जना पीसीआर गरेको, १८ जनाको आरडीटी गरेको र एक जनाको परीक्षण नगरेको यात्रु ल्याएर सबैलाई होटल क्वरेण्टीनमा राखेपछि त्यसबापतको रकम फिर्ता गर्नुपर्ने ।
९.(कममा पनि नपाउने त ?)
नेपाल वायुसेवा निगम र हिमालय एयरलाईन्सको उडान भएको सेक्टरहरुमा निगमले तय गरेको भाडादरअनुसार नै उडान गर्ने गरी मात्र विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइने /भाडादरमा कालोबजारी, अपारदर्शिता र गैरकानुनी मुनाफा कायम गरी भाडादर असुल नगर्न/नगराउन प्राधिकरणको सचेत ।
१०.(गिरोहको गिरफ्तार)
विराटनगरमा हतियार देखाएर ब्यापारीसँग रकम असुल्ने ५ जनाको गिरोह विराटनगरका विभिन्न स्थानबाट अटोमेटिक पेस्तोल सहित पक्राउ गरी मोरङ प्रहरीद्वारा सार्वजनिक/पक्राउ परेको समूहले व्यापारीहरुबाट पैसा माग्ने, नदिए ज्यानै मार्ने धम्की दिई रकम असुल्ने गरेको खुलासा ।
११.(श्रोह्र श्राद्ध सुरु)
सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु /कोरोनाका कारण यस वर्ष भर्चुअल रुपमा श्राद्ध गराउन पुरोहितहरुलाई आह्वान ।
१२.(खुल्यो श्रम अनुमति)
कोरोनाको जोखिमका कारण झन्डै छ महिनादेखि रोकिएको श्रम स्वीकृति खुला /कोभिड–१९ को जोखिम कम भएका, सम्बन्धित श्रम गन्तव्य मुलुकसँगको सम्झौता र मागका आधारमा नयाँ श्रम स्वीकृति खुला गरिएको श्रममन्त्री रामेश्वराय यादवको भनाई ।
१३.(शेयरमा खुशीयाली)
लकडाउनका कारण अर्थतन्त्रमा ठूलो असर परेपनि अनलाइन कारोबारका कारण शेयर बजारमा चमक देखियो/बुधबार शेयर बजारमा ४ अर्ब बढीको कारोबार /नेप्से परिसूचक १५ सय अंक भन्दा माथि पुग्यो ।
१४.(साउदीको उदारता)
साउदी अरबबाट स्वदेश फर्किन चाहने अकामाको म्याद सकिएका र कम्पनी छाडेकाहरुलाई (एक्जिट भिसा)का लागि निवेदन दिन साउदीस्थित नेपाली दूतावासको अनुरोध/७ सय ३८ जना नेपालीले यस्तो भिसा प्राप्त गरिसकेको दुतावासको भनाई ।
र,
१५.(विश्वको कोरोना)
कोरोना महामारीका कारण हालसम्म ८ लाख ६१ हजार बढीको मृत्यु /२ करोड ५९ लाख बढी संक्रमित /१ करोड ८२ लाख बढी निको भए ।