१८ भाद्र, काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काको ब्याटिङ वरीयतामा चार स्थान सुधार भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टी ट्वान्टी ब्याटिङको नयाँ वरीयतामा पारस खड्का ७१ औं स्थानमा पुगेका छन् । सन्दीप लामिछानेको बलिङ वरीयता ७९ औं स्थानमा यथावत रहेको छ । टी ट्वान्टीको अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १५ औं स्थानमा यथावत् रहेको छ ।