१८ भदौ, काठमाडौं ।
१९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं चन्द्रागिरी नगरपालिका–३ बस्ने मुगु सोरु गाउँपालिका–१० घर भएका २८ वर्षीय लोकेन्द्र बहादुर मल्ल र मुगु खत्याड गाउँपालिका–१० घर भएका २३ वर्षीय रतन बहादुर शाही रहेका छन् ।
ती किशोरीलाई २ जनाले मंगलबार जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।