गाैतमलाई राष्ट्रियसभामा लगिने, पार्टी र सरकारबारे अध्यक्षद्वयले प्रस्ताव तयार गर्ने

गाैतमलाई राष्ट्रियसभामा लगिने, पार्टी र सरकारबारे अध्यक्षद्वयले प्रस्ताव तयार गर्ने

१८ भदौ, काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको छ । प्रधामन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले उपाध्यक्ष गौतमलाई राष्ट्रियसभाको रिक्त पदमा लैजाने निर्णय गरेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएको बतााए । बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई राष्ट्रियसभाको रिक्त सदस्य पदमा मनोयनका लागि सिफारिस गर्ने बताउनुभएको प्रवक्ता श्रेष्ठले बताए । उनले भने, ‘‘पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले बैठकमा हाम्रो पार्टीको केन्द्रीय उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिबाट मनोनित गरिने राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा मन्त्रिपरिषद्ले मनोनयनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णयमा सरकार पुगेको जानकारी गराउनुभयो ।’’

यस्तै बैठकले पार्टीको विवाद समाधानका लागि गठित कार्यदले बुझाएको प्रतिवेदनमाथि प्रारम्भिक छलफल गरेको छ । कार्यदलबाट प्राप्त सुझावसहितको प्रतिवेदन र बैठकमा छलफलको क्रममा आएका विचारहरुलाई समेत ध्यान दिएर अध्यक्षद्वयले आवश्यक प्रस्ताव तयार गर्ने निर्णय भएको उनले बताए । पार्टी, सरकार र जारी स्थायी कमिटीमा बैठकमा प्रस्तुत प्रस्तावका सम्बन्धमा निर्णय गर्न पनि अध्यक्षद्वयले छलफल गर्नेछन् । स्थायी कमिटीमा अध्यक्षद्वले तयार पारेको प्रस्ताव पेश गरी छलफल हुने र त्यहाँ आएका सुझावहरुलाई समेत ध्यान दिएर ठोस कार्ययोजना सहितको निर्णय प्रस्तावलाई अन्तिम रुप दिएर सचिवालयमा प्रस्तुत गरिने उनले बताए । सचिवालय बैठकबाट पुनः स्थायी कमिटीमा प्रस्ताव लगेर ठोस निर्णय हुने प्रवक्ता श्रेष्ठले बताए । निषेधाज्ञा हटेपछि छिटोभन्दा छिटो स्थायी कमिटी बैठक बोलाइने उनको भनाई छ । असार १० गतेबाट जारी बैठकमा पार्टीभित्रको आन्तरिक विवादका कारण अनिश्चित भएको छ ।

बैठकले बागलुङमा आएको बाढीमा परेकाहरुको उद्धार, राहत र पुनस्र्थापनामा तिव्रताका काम गर्न सरकारलाई आग्रह गर्दै पार्टीका नेता कार्यकर्ताहरुलाई पनि उद्धार, राहत र पुनस्र्थापनामा जुट्न निर्देशन दिएको छ । बैठकमा प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको तिव्रता र त्यसको नियन्त्रणका लागि सरकारले गरिरहेका कामहरुको बारेमा समेत ब्रिफिङ गरेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.