१९ भदौ, काठमाडौँ ।
अर्थ र संचार तथा सूचना प्रविधिमन्त्रीबाट युवराज खतिवडाले दिएको राजीनामा स्वीकृत भएको छ । खतिवडाको राजीनामा स्वीकृत भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएकी छन् ।
दुवै मन्त्रालय आफूले सम्हाल्ने गरी प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष सिफारिस गरे अनुसार राष्ट्रपतिले तोकेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मन्त्री खतिवडाले शुक्रबार साँझ प्रधानमन्त्री ओलीलाई राजीनामा बुझाएका थिए । पछिल्लो समय संसद सदस्य नरहेका मन्त्री खतिवडाले मन्त्री नियुक्त भएको ६ महिना पुग्नु १ दिनअघि राजीनामा दिएका हुन् ।