काँकडभिट्टा- इनरुवा रेलमार्गविरुद्ध कांग्रेसको माइतीघरमा प्रदर्शन

काँकडभिट्टा- इनरुवा रेलमार्गविरुद्ध कांग्रेसको माइतीघरमा प्रदर्शन

२१ भदाै, काठमाडौँ ।
झापाको काँकडभिट्टा र सुनसरीको इनरुवा रेलमार्ग ठेक्का प्रकृयाको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसले विरोध प्रदर्शन गरेको छ । ठेक्का प्रकृयाको विरोध गरिरहेको कांग्रेसको भातृ संगठनका नेताहरुले आज माइतीघरमा प्रदर्शन गरेका हुन् । ठेक्का प्रकृयाको छानबिन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग गर्दै भातृ संगठनका नेताहरुले मौन विरोध प्रदर्शन गरेका हुन् ।

महामारीको समयमा जनता कोरोनाबाट प्रभावित भइरहेको बेला सरकारले मिलेमलोमा ठेक्का दिएको उनीहरुको आरोप छ । अहिले उपत्यकामा निषेधाज्ञा जारी छ । संक्रमण्को जोखिम दिनदिनै बढ्दै गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाकै बीचमा कांग्रेसके भातृ संगठनका नेताहरु प्रर्दनमा उत्रिएका हुन् ।

१२ जनामात्रै सहभागि भएर सामाजिक दुरी कायम गरी प्रदर्शन गरिएको उनीहरुले बताएका छन । रेलमार्गको ठेक्कापट्टा रोकेर छानविन गर्न लेखा समिति, विकास समिति र अख्यिार दुरुपयोग अनुसन्धान आयोगलाई उनीहरुले आग्रह गरेका हुन । प्रदर्शनकै क्रममा प्रहरी आइपुगेपछि उनीहरु तितरवितर भएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.