कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना संक्रमण

२३ भदौ, काठमाडौँ ।
कांग्रेस महामन्त्री डा. शशांक कोइरालालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबार बिहान धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएको कोइरालाका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

तिवारीका अनुसार उनलाई सोमबार साँझदेखि अचानक ज्वरो आएको थियो । साँझ ९९.८ डिग्री मात्रै रहेको ज्वरो राति १ सय २ पुगेको उनले बताए । कोइरालाले केही समस्या परे अस्पताल जाने नभए घरमै आइसोलेसनमा बस्ने बताएका छन् ।

उनीसँग प्रत्यक्ष सम्पर्कमा आएका केही नेता तथा कार्यकर्ताहरुले मंगलबार नै पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमुना दिइएको पनि बताइएको छ । काेइराला पछिल्लाे समय नेता तथा कार्यकर्ताहरुसँग भेटघाटमा ब्यस्त थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.