बलात्कारको घटना गाउँमै मिलाउन खोजेकाे भन्दै प्रहरी कार्यालय घेराउ

२३ भदौ, जनकपुरधाम ।
बलात्कारको घटनामा आर्थिक चलखेल गरेर घटना गाउँमै दवाउन खोजेको भन्दै इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगर अगाडि विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले मंगलबार घटनामा संलग्न जोकोहीलाई पक्राउ गरी कानून बमोजिम कारवाहीको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका–२ सिनुरजोडामा अन्दाजी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरिएको घटना ३ दिनपछि बाहिरिएको थियोे । शनिबार दिउँसो ३ बजे गाउँकै स्थानीय ५५ वर्षीय बुधुवा साहले आफ्नो किराना पसल नजिकै साथीहरुसँग खेलिरहेकी बालिकालाई ललाइफकाइ पसलमा लगेर जबरजस्ती करणी गरेको पीडित परिवारको आरोप छ ।

छोरी पसल नजिकै खेलिरहेको समय साहले बालिकालाई बोलाएर अर्को पसलबाट पानकिङ्ग गुटखा ल्याउन पठाएको र त्यसपछि पसलमा रहेको एउटा कार्टुन छतमा राखेर आउन भनेपछि कार्टुन राख्न जाँदा कोठामा थुनी जबरजस्ती करणी गरेको पीडित बालिकाका बुवाको आरोप छ ।

घटनास्थलमा प्रहरीको टोली पुग्दा आरोपित फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए । बालिकाको स्वास्थ्य परीक्षणको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइएको र फरार अभियुक्तको खोजी भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

धनुषामा पछिल्लो समय जबरजस्ती करणीको घटनामा वृद्धि भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.