२४ भदौ, दोहा । कुवेतमा अवैध मदिरा कारखानामा हवाली गभर्नोरेट सुरक्षा निर्देशनालयका सुरक्षाकर्मीले छापा मारेको छ ।
कुवेतको जाबृया भन्ने ठाउँबाट मदिरा उत्पादन केन्द्र सन्चालन गर्ने दुई महिला सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनसुरक्षा क्षेत्रका उपसचिव जनरल फराज अल जौबी बताएका छन् ।
पक्राउ पर्नेहरु श्रीमान-श्रीमतिको सम्बन्धमा रहेका र उनीहरु नेपाली र भारतिय नागरिक रहेको बताईएको भए पनि उनीहरुको पूर्ण विवरण नखुलाइएको अरव टाइम्सले जनाएको छ ।
मदिरा उत्पादन केन्द्रबाट १ सय ७० वटा ठुला ड्रमहरु(ब्यारेल) मा मदिरा उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थ सहित पक्राउ गरिएको जनाएको छ ।
यसै हप्ता पनि अबैध मदिरासहित दुई नेपालीलाई पक्राउ गरेको थियो । कुवेतमा मदिरा बिक्री वितरण अवैधानिक मानिन्छ ।