२५ भदौ, काठमाडौं । सुनको भाउ आज तोलामा चार सय रुपैयाँ बसद्धि भएको छ ।
सुन आज बिहीबार प्रतितोला ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा सुनको भाउ ९६ हजार ४ सय थियो ।
यस्तै चाँदी पनि आज तोलामा १० रुपैयाँले बढेर तोलाको १ हजार ३ सय २५ रुपैयाँ पुगेको छ ।