चैतमा एकता महाधिवेशन गर्ने नेकपाकाे निर्णय

चैतमा एकता महाधिवेशन गर्ने नेकपाकाे निर्णय

२६ भदौ, काठमाडौँ ।
सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक शुक्रबार टुंगिएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको १५ पृष्ठको प्रस्ताव पारित गर्दै टुंगिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री ओली सरकारका काममा केन्द्रीत हुने र दाहालले कार्यकारी भूमिकासहित पार्टी कामको नेतृत्व गर्ने निर्णय भएको छ । पार्टीको मार्गनिर्देशनमा सरकार संचालन हुने निर्णय पनि बैठकले गरेको छ । सरकारका दैनिक काममा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत नीति र राष्ट्रिय महत्वका निर्णयहरु लिँदा पार्टीको मार्गनिर्देशनलाई ध्यान दिएर सरकारले निर्णय गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको प्रवत्ता श्रेष्ठले बताए ।

यस्तै, पार्टीको एकता महाधिवेशन आउँदो चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा आयोजान गर्ने निर्णय बैठकले गरेको छ । महाधिवेशनको तयारीका लागि कात्तिक १५ देखि १७ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.