नेकपा प्रवक्ता श्रेष्ठले बनाए कोभिड-१९ स्वयंसेवा समूह

नेकपा प्रवक्ता श्रेष्ठले बनाए कोभिड-१९  स्वयंसेवा समूह

२८ भदौ, काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले कोभिड–१९ स्वयंसेवा गठन गरेका छन् । श्रेष्ठले श्रमिक, गरिब र असहाय समुदाय सबै कोणबाट पीडादायी अवस्थामा रहेको र उनीहरुलाई सहयोग आवश्यक रहेको भन्दै आफ्नो सचिवालय मातहत रहने गरी आइतबार कोभिड–१९ स्वयं सेवा (सीभीएस) गठन गरेका हुन् ।

सीभीएसले उपचारसम्बन्धि प्रकिया र उद्धारमा सहजीकरणका साथै मनोसामाजिक र आपतकालीन स्वास्थ्य परामर्श दिनेछ ।स्वयं सेवाको कामलाई प्रभावकारी बनाउर्न यापिड रेस्पोन्स टिम र उप–समितिहरु समेत बनेको छ । सीभीएसले आप्रवासी श्रमिक उद्धार तथा सुरक्षित घर फिर्तिमा समेत समन्वय गर्ने श्रेष्ठको सचिवालयले जनाएको छ ।

(सीभीएस) ले जारी गरेको विज्ञप्तिअनुसार कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारमा सम्बन्धी सरकारको नीति योजना र निर्देशनलाई मार्ग निर्देशन मानी त्यसलाई कार्यन्वयन गर्न सहयोग गर्ने उसको उद्देश्य छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.