बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी

२९ भदौ, काठमाडौं ।
मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ। केहीबेर अघि मन्त्रिपरिषद्को बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

बैठकले केही महत्वपूर्ण राजनीतिक निर्णय गर्ने अनुमान गरिएको छ। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्ति र राष्ट्रियसभा सदस्य पदमा मनोनित हुने विषयमा निर्णय हुनसक्ने जनाईएको छ ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको कुलमान घिसिङको चार वर्षे कार्यकाल आइतबार सकिएको छ। उर्जामन्‍त्री वर्षामान पुनले घिसिङको पुनर्नियुक्तिको प्रस्ताव तयार गरेको स्रोतले जनाएको छ ।

यसैगरी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य पदमा मनोनित गर्न सिफारिस गर्ने विषयले चर्चा पाएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले राष्ट्रिय सभामा रिक्त रहेको पदमा वामदेवलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो।

मन्त्रिपरिषद् बैठकले नेपाल सरकारका प्रवक्ताको जिम्मेवारी तोक्ने सम्भावना रहेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.