ओली सरकार लाटोबुंगोको अवतार जस्ताे : डा. बाबुराम भट्टराई

ओली सरकार लाटोबुंगोको अवतार जस्ताे : डा. बाबुराम भट्टराई

३० भदौ, काठमाडौं ।
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ओली सरकार कथाको लाटोबुंगोको अवतार जस्तै भएको आरोप लगाएका छन्। उनले सोमबार ट्वीट् गर्दै सरकारले जनताले माग गरेका कुरा नसुन्ने तर जनताले नगर्न भनेका काम चै गरेको भन्दै डा भट्टराईले यस्तो आरोप लगाएका हुन्।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभामा हारेका वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको तर कुलमान घिसिङका पक्षमा व्यापक सार्वजनिक दबाब भए पनि पुनर्नियुक्ती नगरेकोे भन्दै कटाक्षेप गरेका हुन्।

उनले ट्विटमा लेखेका छन्– ‘कथामा लाटोबुंगोले जे गर्नु भन्यो त्यो गर्दैनथ्यो र जे नगर्नु भन्यो त्यो गथ्र्याे ! ओली सरकार त्यसैको अवतार जस्तो छ। आम नागरिक/मिडियाले हारेकालाई राष्ट्रियसभामा नलैजाऊ भने, तिनलाई लाने भएछ तर लोडसेडिङ अन्त्य लगायत राम्रो काम गरेका कुलमानलाई पुनर्नियुक्ति गर भने त्यो चाहिं गरेनछ ! सेम !’

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.