३० भदौ, विराटनगर ।
इन्टरनेटको उत्कृष्ट सेवा प्रदायकका रुपमा पहिचान बनाउँदै आएको इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले अब आफ्ना सेवाहरु सुनसरीको इनरुवामा पनि विस्तार गर्ने भएको छ ।
आफ्नो अप्टिक्स इन्टरनेट र आइपिटिभी सेवाहरुलाई नेपालभरी विस्तारित गर्ने क्रमलाई अघि बढाउँदै गएको भायानेटले इनरुवामा आफ्ना सेवाहरु उपलब्ध गराउन लागि दुहबी रोडमा आफ्नो नयाँ शाखा खोलेको प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
अब इनरुवावासीहरुले आफ्नो घर तथा अफिसमा भायानेटको अनलिमिटेड इन्टनेट प्लान प्राप्त गर्न सक्नेछन् । भायानेटले नेपालको पहिलो FTTH सेवा सन् २०११ मा लन्च गरेको थियो ।
कम्पनीसँग आफ्नै IPTV सेवा भायाटिभी पनि रहेको छ । जसमा ग्राहकहरुको लागि २५० भन्दा बढी HD च्यानलहरु, युट्यूभ, मोमो एप् र मूभी अन डिमाण्ड पनि रहेका छन् । यसका साथै १ वर्षको सदस्यता लिने ग्राहकहरुलाई अपरेटरले १ वर्षको भायाटिभी सेवा निःशुल्क प्रदान गर्ने भायानेटले जनाएको छ ।