NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ? आइतवार भदौ २९ , २०८२
अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार आइतवार भदौ २९ , २०८२
रास्वपा नेतृ सुमना श्रेष्ठले पार्टी छाडिन्, अन्तरिम सरकारमा समेत नाम चर्चामा आइतवार भदौ २९ , २०८२
Next
Prev

समाचार

‘सम्पूर्ण नेपाली जनता मेरो प्रेरणाका स्रोत हुन्’: कुलमान घिसिङ

मङ्लबार भदौ ३० , २०७७
Reading Time: 1 min read
A A
‘सम्पूर्ण नेपाली जनता मेरो प्रेरणाका स्रोत हुन्’: कुलमान घिसिङ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३० भदौ, काठमाडौँ ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आइतबार सकिएपछि सरकारी स्वामित्वको प्राधिकरण अहिले प्रमुखविहीन छ । दैनिक १८ घण्टासम्म लोडसेडिङको दुष्चक्रलाई अपत्यारिलो शैलीमा अन्त्य गरेर नेपालीलाई उज्यालो उपहार दिएका कुलमान घिसिङको कार्यकाल सकिएपछि अबको प्राधिकरणको प्रमुख घिसिङलाई बनाउँने कि अर्को को हुन्छ भन्नेमा ब्यापक जनचासो बढेको छ ।

सरकारले उनलाई दोहो¥याउने वा अरू कसैलाई नेतृत्वमा ल्याउने विषयमा ठोस निर्णय त अझै गरेको छैन । यद्यपी प्रधानमन्त्री ओली घिसिङलाई नदोहोर्याउने मुडमा देखिएका समाचारहरु बाहिरिरहेका छन् । लोडसेडिङ किलर कुलमानलाई नै आगामी कार्यकाल पनि दिइनुपर्छ भन्ने ब्यापक जनचाहाना र जनदबावका बीच सरकारकै केही मन्त्री तथा नेताहरुले समेत कुलमानको कार्यकाल थपिने निश्चितता ब्यक्त गरेका थिए । तर सोमबारको मन्त्रिपरिषद् बैठकमा उर्जामन्त्री वर्षमान पुनले कुलमानलाई दोहोर्याउन भन्दै उर्जामन्त्रालयको प्रस्तावको विषयमा जानकारी गराउँदा प्रधानमन्त्रीले पछि कानुन अनुसार गरौला भन्ने जवाफ दिएको मन्त्रिपरिषद स्रोतबाट समाचार बाहिरिएका छन् ।

यसरी हेर्दा कुलमानका विषयमा नेकपा पार्टी पनि दुई धारमा देखिएको प्रस्ट बुझ्न सकिन्छ ।अध्यक्ष दाहाल समूहबाट कुलमानको निरन्तरताको पक्षमा वकालत भएको बुझिन्छ भने ओली समूहबाट मौनता साधिएको छ । कुलमानको पक्षमा नारायणकाजीले ट्वीट गरेका छन् भने प्रधामन्त्रीका सल्लाहकार सुर्य थापा नाराणकाजीमाथि खनिएका छन् ।थापाले आफ्नो पदीय हैसियतको ख्यालनै नगरेको भन्दै काजीमाथि कटाक्ष गरेका छन् । नेकपाका प्रवक्ता समेत रहेका नारायणकाजीले कुलमानलाई नेपाल आमाका सुयोग्य सुपुत्रको रुपमा चित्रित गरेका छन् । र उनको योगदान अझै आवश्यक रहेको उल्लेख गरेका छन् ।

LS Auto

मुलुकलाई लोडसेडिङमुक्त बनाउन नेतृत्वदायी भूमिकाको जस पाएका घिसिङलाई जनताले रुचाएका छन् । जसले जहाँ जहाँ जे जे भने पनि कुलमानको कुशल ब्यवस्थापनले नै लोडसेडिङको अन्त्य भएको हो । प्राधिकरणमा गएको एक महिना नपुग्दै काठमाडौ चितवन लगायतमा बत्तीविहिनता हुन नदिने उनको कामलाई नजरअन्दाज गर्न कदापि मिल्दैन । यी सबै कुलमानका कामहरुको जनताले गुणगान गाईरहेका छन । तर, सत्ताधारी पार्टीका नेताहरूको बिभाजित मनस्थिति र त्यस भित्रको खेलोले प्राधिकरणको नेतृत्व कसरी टुंगो लाग्छ भन्ने अन्योलकै बीच आइतबारदेखि कुलमानले अवकास पाएका छन् । डा. युवराज खतिवडालाई अर्थमन्त्रीमा दोहो¥याउन नपाए पनि ओलीले आफ्नो सल्लाहकार राखेर प्रभावकारी भूमिकाबाट नहटाउने संकेत दिइसकेका छन् । राष्ट्रियसभामा नेता वामदेव गौतमलाई ल्याएर मन्त्रिमण्डलमा स्थान दिनैपर्ने बाध्यता अर्का अध्यक्ष पुष्पकमल दाहाल र पार्टीको जोड थियो । उक्त जोडमा ओलीले असहमतिको अडान राख्न सकेनन् । तर घिसिङ गौतम वा खतिवडा जस्ता पार्टीका नेता होइनन्, व्यवस्थापकीय नेतृत्व गर्ने कर्मचारी हुन्, जसले कर्मले ख्याति पाएका छन् ।

 

कुलमान प्रचण्डले रुचाएका मध्येका एक हुन् । यसअघि अर्थमन्त्री खतिवडालाई टिकाउनुपर्ने ओलीको अडानमा प्रचण्डले साथ दिएका थिएनन् । अब कुलमान घिसिङलाई दोहो¥याउने प्रचण्डको अडानमा ओलीले असहमति राख्न सक्ने राजनीतिक विश्लेषक बताउँछन् । खतिवडालाई निरन्तरता दिन नपाएको झोकमा मात्रै ओली घिसिङलाई निरन्तरता दिने विषयमा असहमत भएका होइनन् । घिसिङको चर्चा जुन तरिकाले हुन्छ त्यसले सरकारको सफलतामा पनि घिसिङले मात्रै जस पाउने, तर सरकारले जस नपाउने हो की भन्ने डर उनमा देखिन्छ ।

देशमा व्याप्त लोडसेडिङ अन्त्य गरेको, घाटामा रहेको प्राधिकरणलाई नाफामा लगेको, चुहावट नियन्त्रण गरेको र निरन्तर विद्युत आपूर्ति गरि देशको अर्थतन्त्र उकास्नमा ऊर्जाको भूमिका बढाएको भनेर कुलमान घिसिङलाई सर्वसाधारणले जस दिँदै आएका छन् । समय छँदै मन्त्रिपरिषदमा छलफलका लागि प्रस्ताव नलगेर प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्तिको माग गरिएका घिसिङको कार्यकाल लगातार नथप्ने संकेत सरकारले यसअघि नै गरिसकेको थियो ।

घिसिङले भने पुनः प्रतिस्पर्धामा सहभागी नहुने र सरकारले नियुक्ति दिए मात्रै एक कार्यकाल बस्ने स्पष्ट पारिसकेका छन् । पहिलो कार्यकालमा लोडसेडिङ हटाएर वाहवाही कमाएका घिसिङ दोस्रो कार्यकालका यी चुनौती सामना गर्न सक्छु भनेर निरन्तरता दिन चाहिरहेका छन् । पहिलो कार्यकालमा कमाएको वाहवाही दोस्रो कार्यकालमा गुमाउने डर हुँदाहुँदै पनि घिसिङले इमान्दारीका साथ जिम्मेवारी निभाउने र प्राधिकरणको चुनौती पार लगाएरै छोड्ने आत्मविश्वास देखाएका छन् ।

यसैबीच नेपाल विद्युत प्राधिकरणका कर्मचारीले निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङको आज विदाइ गरेका छन् । विदाइ कार्यक्रममा बोल्दै कुलमानले नेतृत्वमा कोही आउन–जानु सामान्य प्रक्रिया भएको बताएका छन् ।

कर्मचारीले प्राधिकरणमा रातको १०–१२ बजेसम्म पनि काम गर्नुपरेको स्मरण गर्दै उनले टिमले काम गर्न सकेकै कारण राम्रो नतिजा आएको बताए ।उनले सरकार र राजनीतिक नेतृत्वको मार्गदर्शन अनुरुप प्राधिकरणको टिमले काम गर्दा सफलता पाएको पनि स्मरण गरे ।

२०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए ।चिलिमे जलविद्युत कम्पनीबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा तानिएर जिम्मेवारीविहीन बनाइएका कुलमानलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले कार्यकारी निर्देशकमा नियुक्ति गरेका थिए ।

पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेको भन्दै घिसिङलाई दोहोर्याउिन विभिन्न क्षेत्रबाट माग भएको छ ।

लोकप्रीय

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२

विचार

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२

थप समाचार

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा
ताजा समाचार

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?
खेलकुद

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल
अन्तर्राष्ट्रिय

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार
अन्तर्राष्ट्रिय

सुशीलालाई अमेरिका र चीनको पनि साथ, भारत झनै उदार

आइतवार भदौ २९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

World News: रुबियोको भ्रमणअघि गाजामा भीषण ब*म*बारी, कतारको चेतावनी || Nepal Times

00:17:00

World News: लण्डनदेखि टोरोन्टोसम्म लाखौं आप्रवासी सडकमा,चीन–फिलिपिन्सबीच विवाद बढ्यो || Nepal Times

00:20:16

World News: इजरेली आमाले गाजामा छोरा नपठाउने, मोदीको एआई भिडियोले बबाल || Nepal Times

00:18:42

World News: नेपालबारे बोले अमेरिकी सिनेटर, Qatarसहित ६ देशमाथि इजरेली आ*क्र*मण || Nepal Times

00:15:36

World News: नेपालबारे China बोल्यो, नेपालकै पथमा France: सडकमा १ लाख प्रदर्शनकारी || Nepal Times

00:13:30

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

छानबिन गर्न ३ दलले मानेनन्, सर्त नमाने सुशीला प्रधानमन्त्री नबन्ने

शुक्रबार भदौ २७ , २०८२
नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

नेपालपछि भारत र इन्डोनेसियामा पनि विद्रोहको चेतावनी

बिहिबार भदौ २६ , २०८२
जंगी अड्डा भित्र सुशीला, बाहिर समर्थनसँगै विरोध

सुशीला प्रधानमन्त्री ? उनका सारथि को–को हुनुपर्छ ?

शुक्रबार भदौ २७ , २०८२

हालका पोस्टहरू

सुमना श्रेष्ठले दिइन् रास्वपा सह–महामन्त्रीबाट राजीनामा

सुमनाले त्यागिन् रास्वपा,सुशीलालाई सफल बनाउने,सबैलाई सोच्न अपिल

आइतवार भदौ २९ , २०८२
आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आज भारत–पाकिस्तान आमनेसामनेः कसको पल्ला भारी ?

आइतवार भदौ २९ , २०८२
विज्ञापनबाट मासिक १४ लाख कमाउँदै एआई मोडल

अल्बानियामा एआई मन्त्री, भ्रष्टाचारीलाई पक्रिने

आइतवार भदौ २९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.