संवैधानिक आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न सरकारको ध्यानाकर्षण

संवैधानिक आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न सरकारको ध्यानाकर्षण

१ असोज, काठमाडौँ ।
संसदीय समितिले रिक्त रहेका संवैधानिक आयोगका पदहरुमा तत्काल पदाधिकारी नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराएको छ । संसदको कानून, न्याय तथा मानवअधिकार समितिले संवैधानिक आयोगका पदहरुमा रहेका पदहरुमा तत्काल पदपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

मानवअधिकार संरक्षण र सम्बद्र्धनमा टेवा पु¥याउने संरचनाको रुपमा रहेका संवैधानिक आयोग पदाधिकारी विहिन हुन नहुने भएकाले तत्काल पदपूर्ति गर्न सरकारको ध्यानाकर्षण गराइएको समितिल सभापति कृष्णभक्त पोखरेलले बताए । संविधानले नै व्यवस्था गरेका महिला आयोग, दलित आयोग, थारु आयोग, समावेशी आयोग लगायतका आयोगहरुमा छिटो पदाधिकारी नियुक्त गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराइएको उनले बताए ।

समितिले देशका विभिन्न स्थानमा प्रहरी हिरासतमा मृत्यु भएका घटनाहरुको सत्यतथ्य पत्ता लगाउन ५ सदस्य रहेको समिति गठन गर्ने पनि निर्णय गरेको छ । मानवअधिकारको विश्वव्यापी आवधिक समीक्षा प्रतिवेदनको मस्यौदामाथि छलफल गर्दै आउँदो आइतबारसम्म प्रधामन्त्रीलाई प्रतिवेदन बुझाइसक्ने निर्णय पनि समितिले गरेको छ

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.