३ आश्विन, विराटनगर ।
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले सरकारले घोषणा गरेको संविधान दिवसमा आफूहरुले भाग नलिने स्पष्ट पारेका छन् ।
संविधान दिवसको पूर्वसन्ध्यामा हिजो आफ्नो धारणा सार्वजनिक गर्दै नेता यादवले यस्तो बताएका हुन् । यादवले सामाजिक सञ्जाल फेशबुकमार्फत संविधानलाई विभेदकारी, अपुरो र त्रुटिपूर्णको संज्ञा दिएका छन् ।
संविधानले मधेशी, आदिवासी जनजाति, दलित शिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समूदायहरुका साथै उत्पीडित जातजाति एवम् समूदायहरुले उठाउँदै आएका मुद्दाहरुलाई पनि सम्बोधन गर्न नसकेको यादवको टिप्पणी छ ।
