नेताहरुलाई भेट्न भन्दै नेकपा कार्यालय पेरिसडाँडा प्रवेश गर्न खोज्ने बालिका खड्का पक्राउ

नेताहरुलाई भेट्न भन्दै नेकपा कार्यालय पेरिसडाँडा प्रवेश गर्न खोज्ने बालिका खड्का पक्राउ

४ असोज, काठमाडौं । नेकपाको कार्यालय पेरिसडाँडाबाट नेताहरुलाई भेट्न भन्दै कार्यालय प्रवेश गर्न खोज्ने बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पेरिसडाँडास्थित नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यालयमा नेताहरुलाई भेट्न भन्दै प्रवेश गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिएका छन् ।

आइतबार पेरिसडाँडामा नेकपाको सचिवालय बैठक चलिरहेको छ । त्यहाँ नेताहरूसँग भेट्ने भन्दै प्रवेश गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिएको एसपी राठौरले बताए।

उनलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखेर सोधपुछ गरिरहेको उनले बताए। उनले किन भेट्न खोजेको हो भन्ने कुरा नखुलेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले बताए।

यसअघि खड्काले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती हुँ भन्दै अंश माग गरी मुद्दा दायर गरेर उक्त मुद्दा फिर्ता लिएकी थिइन् ।

उनले गत बिहीबार मुद्दा फिर्ता लिँदै अरूको उक्साहटमा मुद्दा दायर गरेको भन्दै फिर्ता लिएकी थिइन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.