४ असोज, युएइ ।
आइएमई युएईले आयोजना गरेको ‘देखाऔं प्रतिभा खुलेर ,जितौं पुरस्कार आइएमई सँग मिलेर’ भन्ने युएई केन्द्रित प्रतियोगिताको पुरस्कार झापाका कमल तामाङ र सर्लाहीका ईन्द्र सेन्चुरीले जितेका छन् ।
अगस्ट १५ देखि सेप्टम्बर १५ सम्म सन्चालन भएको प्रतिभा प्रस्तुति भिडियो प्रतियोगितामा तामाङ र सेन्चुरी क्रमश प्रथम तथा द्धितिय भएका हुन् । प्रतियोगितामा युएईको कुना कुनाबाट प्राप्त सयाैँ भिडियो मध्ये २७ भिडियोलाई छनोट गरी समावेश गराइएको र ती मध्य धेरै हेरिएको भिडियोलाई विजयी घोषणा गरिएको थियो ।
प्रतियोगीहरुले सो प्रतियोगितमा आइएमइलाई बिषय बनाएर अथवा कुनै न कुनै रुपमा आएमएमई लाई समावेश गरी कलाकारिताको बिभिन्न विधा गीत,मुक्तक ,अभिनय ,सृजना , रचना तथा टिक टक भिडियो मार्फत प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगितामा बढी भन्दा बढी हेरिएको तथा रुचाइएको आधार मानी २ बिजेता घोषणा गरिएको आइएमईका अधिकृत इश्वर अधिकारीले जानकारी गराए ।
बिजयी प्रतियोगीले सम्मान पत्र तथा साथमा क्रमश युएई दिराम ६०० अर्थात नेपाली १९ हजार तथा दोस्रो हुनेले ४०० दिराम अर्थात नेपाली १३ हजार प्राप्त गरेका छन् । कोभिड १९ को बिषम परिस्थितिमा पनि आफ्ना ग्राहकलाई मनोबैज्ञानिक असर नपरोस् भनेर यस्तो प्रतियोगिता आयोजना गरिएको आइएमइ युएई प्रमुख उत्तम बस्नेत बताए ।