गोविन्द केसीको पक्षमा युथ कांग्रेस मोरङ, प्रधामन्त्रीलाई पठायो ज्ञापन पत्र

गोविन्द केसीको पक्षमा युथ कांग्रेस मोरङ, प्रधामन्त्रीलाई पठायो ज्ञापन पत्र

४ असोज, विराटनगर ।
चिकित्सा क्षेत्र सुधार र सुशासनका लागि अनसनरत चिकित्सक डा.गोविन्द केसीको जीवन रक्षाको माग गर्दै युथ कांग्रेस मोरङले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । आइतवार युथ कांग्रेसले मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलामार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा अनसनरत डा. केसीले प्रस्तुत गरेका सम्पूर्ण मागहरु पूरा गर्दै उनको जीवन रक्षा गर्न सरकार समक्षमाग गरिएको छ । युथ कांग्रेस प्रदेश १ संयोजक सविन दाहाल,मोरङका संयोजक अभिषेक भट्टराई लगायतका युवाहरुले जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।

डा. गोविन्द केसीले चिकित्सा शिक्षा सुधार र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस लगायत कार्यक्रम तत्काल सञ्चालन गरिनुपर्ने माग राखी १९ औँ पटक जुम्लाबाट अनसन सुरु गरेका छन् ।

उनको स्वास्थ्य अवस्था गम्भीर भएको चिकित्सकले बताएपछि शनिबार राती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । यद्यपी उनले उपचार लिन मानेका छैनन् ।

केसीले भ्रष्ट्राचार लगायत अन्य नियुक्तिहरुका बारेमा पनि छानबिन हुनुपर्ने माग राखेका छन् । उनले सरकारसँग यसअघिको जस्तो उदारो सम्झौता नगर्ने अडान लिएका छन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.