असफलता र संकटको निकास नै राज्यव्यवस्थाको परिवर्तन : विप्लव

असफलता र संकटको निकास नै राज्यव्यवस्थाको परिवर्तन : विप्लव

४ असोज, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राज्यसत्ताको असफलता र संकटको निकास संविधान संशोधन नभएर राज्यव्यवस्था नै परिवर्तन गर्नुपर्ने बताएका छन् । उनले देशको कुशासन, भ्रष्टाचार, राष्ट्रघात लगायत संकटले राज्यसत्ताको असफलता पुष्टि गरेको समेत बताएका छन् ।

विप्लवले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै भनेका छन्– ‘आज देशको कुशासन, भ्रष्टाचार, राष्ट्रघातलगायत संकटले दलाल पुँजीवादी राज्यसत्ताको असफलता पुष्टि गरेको छ । यो असफलता र संकटको निकास संविधान संशोधन वा परिमार्जन नभएर राज्यव्यवस्थाको परिवर्तन हो।’

उनले राज्यसत्ता परिवर्तनका लागि नयाँ आधारमा नयाँ पहल जरुरी भएकोसमते बताएका छन्। यसका लागि आफ्नो पार्टी लागेको भन्दै सबैलाई यही दिशामा लाग्न विप्लवको आग्रह छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.