डा केसीका माग सम्बोधन गर्न काँग्रेस संसदीय दलको आग्रह

डा केसीका माग सम्बोधन गर्न काँग्रेस संसदीय दलको आग्रह

४ असाेज, काठमाडाैँ ।

नेपाली काँग्रेस संसदीय दलले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार एवम् परिवर्तनका लागि जुम्लामा अनसन बस्नु भएका डा।गोविन्द केसीका जायज माग हालसम्म सरकारले सम्बोधन नगरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आज एक विज्ञप्तिमार्फत अनसनका कारण उनको दिनप्रति दिन स्वास्थ्य स्थिति नाजुक भइरहँदा पनि सरकारले उनको मागलाई वेवस्ता गर्नु दुःखद भएको उल्लेख गरे ।

काँग्रेस संसदीय दलले सबै नेपाली नागरिकको स्वास्थ्यमा सरल र सहज रुपले पहुँच होस् र विपन्न परिवारका छोराछोरीले पनि सहज र सुलभ तरिकाले चिकित्सा शिक्षा हासिल गरोस् भन्ने उद्देश्यका साथ जनहितका लागि गरिएको सत्याग्रहप्रति ऐक्यबद्धता जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.