आजका प्रमुख खबरहरुः
१.(लडाईरहने भो कोरोनाले)
आज थप १६ गरी हालसम्म नेपालमा कारोना बाट ४ सय २७ जनाको मृत्यु / १ हजार १ सय ५४ संक्रमित थपिँदा १ हजार ५ जना डिस्चार्ज /कुल संक्रमित ६५ हजार २ सय ७६ मध्ये ४७ हजार २ सय ३८ जना डिस्चार्ज ।
२.(उडे जहाज)
आजबाट आन्तरिक हवाई सेवा सुरु/आज देशका विभिन्न भागमा यात्रु लैजान ५० ओटा उडान अनुमति /यात्रुले पिसीआर नेगेटिभ रिपोर्ट देखाउनु नपर्ने भए पनि आफु स्वस्थ्य भएको स्वयं घोषणा पत्र भर्नु पर्ने ।
३.(सकस छ है सकस)
दुई अध्यक्षले थप गृहकार्य गर्नुपर्ने भएको भन्दै सोमबार दिउँसो बस्ने तय भएको सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित /अर्को बैठक मंगलबार साढे १२ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने ।
४.(जनमतको दुरुपयोग भएपछि…….)
नेकपाका उपाध्यक्ष वामदेव गौतमको नियुक्ति संविधानविपरीत भएको भन्दै राष्ट्रियसभा सदस्यका रूपमा काम गर्न रोक्नू भन्ने आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट /बुधबारका लागि पेशी तोकियो ।
५.(विपक्षी आँखा)
कार्यकर्ता कुटपिटको विषयलाई लिएर गुल्मीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप हुदा ६ जना घाइते /आफ्ना कार्यकर्ता कुटपिट गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै कांग्रेसद्वारा प्रशासन कार्यालय अगाडि विरोध प्रर्दशन ।
६.(अनुगमनको औपचारिकता)
राष्ट्रिय मानव अधिकार आयोगद्वारा कैदीबन्दीको अवस्थाको अनुगमन सुरु/ कारागारमा पछिल्लो समय संक्रमण देखिएको भन्दै असोज २५ गतेसम्म सातै प्रदेशका कारागारको अनुगमन गरिने ।
७.(केसीका कुरा)
सात दिनयता जुम्लामा अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीलाई भोलि काठमाडौं ल्याउने तयारी /समिट एयरको जहाजमार्फत् केसीलाई आज नेपालगञ्ज ल्याए भेरी प्रादेशिक अस्पतालमा राखियो ।
८.(हुन्छ त क्लिन फिड ?)
आगामी कात्र्तिक ७ गतेसम्म विज्ञापन बोर्ड गठन गरी क्लिन फिड लागू गर्न संसदीय समितिको सरकारलाई निर्देशन /विज्ञापन रहित हुन नसक्ने च्यानलहरुको प्रशारण रोक्दा पर्ने प्रभाव मन्त्रालयले १५ दिनभित्र समितिमा पेश गर्नुपर्ने ।
९.(बालबालिकाको सवाल)
बालबालिका सम्बन्धी ऐन कार्यान्वयनका लागि तत्काल नियमावली बनाउन प्रतिनिधि सभाको महिला समितिको सरकारलाई निर्देशन /कोभिड महामारी वा प्राकृतिक प्रकोपबाट संकटमा परेका बालबालिकाहरुको मूल्याङ्कन गरी रणनीति बनाउन निर्देशन ।
१०.(रेलको बाँकी बाटो)
महोत्तरीको बर्दिवासदेखि पर्साको वीरगञ्जसम्मको १ सय ३६ किलोमिटर रेलमार्गमध्ये ७० किलोमिटरभन्दा बढीमा पटरी ओछ्याउने बाहेकका काम सकियो /वीरगञ्जसम्म डेढ वर्षभित्रै रेल चलाउने तयारी /भारतसंग खरिद गरेको जनकपुर–जयनगर चल्ने रेल भने दुई महिनापछि चल्ने ।
११.(…..सको बाटो देखो)
दुई देशको कूटनीतिक मर्यादालाई ख्याल गर्नुपर्ने भएकाले नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय पुस्तक बिक्रीवितरण नगर्न प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन /कूटनीतिक मर्यादाविपरीत शिक्षा मन्त्रीको निर्देशनमा प्रकाशित पुस्तकको विषयमा सरकारले गम्भीर चासो ।
१२.(कालोधनको कारोबार)
अमेरिकी ‘फाइनान्सियल क्राइम इन्फोर्समेन्ट नेटवर्क’ले तयार पारेका गोप्य कागजातका आधारमा शंकास्पद धन ओसारपसारमा नेपाली कम्पनीहरु संलग्न रहेको खुलासा /११ वर्षभित्र नेपालका १० कम्पनी, नौवटा बैंक र विभिन्न व्यक्तिहरूले शंकास्पद धनको कारोबार गरेको खुलासा ।
१३.(नेपाल टी ट्रेडमार्क)
नेपालमा चिया उत्पादन शुरु भएको १ सय ५७ वर्षपछि अब नेपाल टी ट्रेडमार्कसहित विश्व बजारमा निर्यात हुने /लोगो कार्यान्वयनमा आएपछि विश्व बजारमा नेपाली चियाको विश्वसनीयता बढ्ने राष्ट्रिय चियाकफी विकास बोर्डको भनाई ।
१४.(सत्य नलुकोस्)
छिमेकी राष्ट्र चीनले नेपाली भूमि अतिक्रमण गरेर भवन निर्माण गरेको क्षेत्रमा निरीक्षण गर्न नेपाली टोली खटिए /सिडिओसहितको ३० सदस्यीय टोली चीनसँगको सिमाना लाप्चा क्षेत्र प्रस्थान ।
र,
१५.(विश्वमा आज)
कोरोना महामारीका कारण हालसम्म विश्वभर ९ लाख ६५ हजार बढीको मृत्यु /संक्रमित ३ करोड १२ लाख बढी पुग्दा २ करोड २८ लाख बढी निको भए ।