११ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड बालुवाटार पुगेका थिए । उनीहरुको भेटवार्ता केहीबेर अघि सकिएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।