NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ? आइतवार साउन १८ , २०८२
एमाले–समाजवादीपछि माओवादीमा सुरु भयो रडाँको आइतवार साउन १८ , २०८२
तुर्कमिनिस्तान उड्नु अघि ओलीले भूकम्प ल्याए,समावेशितामा सलाइ कोरे आइतवार साउन १८ , २०८२
चिनियाँ सेना पीएलएको ९८ वर्ष पूरा,अब ताइवानलाई कुल्चने आइतवार साउन १८ , २०८२
हृदयेन्द्रको भ्लग नेपालीका लागि पञ्चामृत,लुकेका छन् ५ रहस्य आइतवार साउन १८ , २०८२
Next
Prev

समाचार

भीडभाड कम गर्न विद्यार्थीको रोल नम्बरमा जोरबिजोर प्रणाली

मङ्लबार अशोज १३ , २०७७
Reading Time: 1 min read
A A
भीडभाड कम गर्न विद्यार्थीको रोल नम्बरमा जोरबिजोर प्रणाली
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ असाेज, खाेटाङ ।

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरणका माध्यमबाट नियमित पठनपाठन शुरु गराएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीका कारण अवरुद्ध पठनपाठनलाई नियमित गराउन गाउँपालिकाले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाको दफा ५ को (क) ४ बमोजिम आइतबारदेखि पठनपाठन शुरु गराएको हो ।

गाउँपालिकाभित्रका ४८ विद्यालयमा सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा तथा सतर्कता अनपाएर विद्यालयको अनुकूलतामा विद्यार्थीको रोल नम्बरमा जोर बिजोर प्रणाली अपनाएर सिकाइ सहजीकरण शुरु गरिएको जनाइएको छ । यसबाहेक गाउँपालिकाले जारी गरेको ‘गाउँटोल बस्ती सिकाइ सहजीकरण अभियान कार्यविधि’ अनुसार गाउँटोल बस्तीमा सिकाइ केन्द्र व्यवस्थापन गरी पठनपाठन गर्न सकिने व्यवस्था छ ।

LS Auto

विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण लामो समयदेखि घरमा बसेका विद्यार्थी गाउँपालिकाले विद्यालय सञ्चालन गर्न अनुमति दिएपछि उत्साहित देखिएका छन् । विद्यालय सञ्चालन गरिएपछि कुनै एक जनालाई कोरोना सङ्क्रमण देखिएको अवस्थामा भने अन्यलाई पनि सर्ने त्रास भने देखिएको छ ।

यसअघि कोरोना कहरकै बीचमा पनि उक्त गाउँपालिकाले पठनपाठनलाई नियमित गराउने प्रयास गरेको थियो । असार मसान्त बित्दासमेत कोरोनाको असर नघट्दा शैक्षिक क्यालेण्डर नै तलमाथि हुने अवस्था आएपछि गाउँपालिकाले गत साउन ७ गतेदेखि भदौ ३ गतेसम्म गाउँटोलमै शिक्षक पठाएर पठनपाठनको गराएको थियो ।

दिनानुदिन कोरोना भाइरसको सङ्क्रमण बढिरहेको तथा स्वास्थ्य सङ्कट निम्तिने खतरालाई मध्यनजर गर्दै सिकाइ सहजीकरणलाई रोकेको गाउँपालिकाले पुनः पठनपाठनलाई नियमितरूपमा अघि बढाएको छ । विद्यालयले आफ्नो अनुकूलमा बिहान, दिउँसो वा बेलुका तालिका बनाएर पठनपाठनमा सहजीकरण गर्ने व्यवस्था मिलाएको छ ।

विद्यालयमा हुने भीडलाई नियन्त्रण गर्न जोरबिजोर रोल नम्बरका आधारमा विद्यार्थीलाई सिकाइ केन्द्रमा आउने व्यवस्था मिलाइएको गाउँपालिकाका शिक्षा शाखा संयोजक मणिकुमार गिरीले बताए । “भीडभाडलाई कम गर्न विद्यार्थीलाई कक्षामा भौतिक दूरी कायम गरेर राख्ने व्यवस्था मिलाइएको छ”, उनले भने, “विद्यालयमा आएका विद्यार्थीलाई एक बेञ्चमा एक जना वा बढीमा दुई जनालाई मात्र राख्ने व्यवस्था गरेर पठनपाठन शुरु गरिएको छ ।”

सात वडा रहेको उक्त गाउँपालिकाको ४८ विद्यालयमा पाँच हजार ५१२ जना विद्यार्थी हाल अध्ययनरत छन् । गाउँपालिकाको असोज ९ गते बसेको कार्यपालिकाको बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार नियमित पठनपाठनलाई निरन्तरता गराउने निर्णय गरेको थियो ।

विद्यार्थीको सङ्ख्या बढी भएको अवस्थामा सम्भव भएसम्म गाउँमै सिकाइ केन्द्र स्थापना गरेर पठनपाठन सञ्चालन गर्न भनिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए। “कोरोना भाइरसका कारण विद्यार्थीमा परेको मनोवैज्ञानिक असर न्यूनीकरण गर्दै शिक्षक–विद्यार्थीबीचको लामो ‘ग्याप’ कम गर्न गाउँपालिकाले सिकाइ सहजीकरणको विधि अपनाएको छ”, उनले भने, “शैक्षिक–सत्रको शुरुबाट पठनपाठन गर्न नसकिएकाले यसपल्टको वर्षे विदासमेत कटौती गरिएको छ ।”

दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहले पनि अवरुद्ध पठनपाठनलाई आ–आफ्नै तरिकाले सञ्चालन गर्ने तयारी गरिरहेका छन् । लामो समय विद्यालय बन्द हुँदा अधिकांश विद्यार्थीको पढ्ने बानी हटेको पाइएको छ ।रासस

लोकप्रीय

चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ?

चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ?

आइतवार साउन १८ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

एमाले–समाजवादीपछि माओवादीमा सुरु भयो रडाँको

आइतवार साउन १८ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

तुर्कमिनिस्तान उड्नु अघि ओलीले भूकम्प ल्याए,समावेशितामा सलाइ कोरे

आइतवार साउन १८ , २०८२

विचार

चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ?

चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ?

आइतवार साउन १८ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

एमाले–समाजवादीपछि माओवादीमा सुरु भयो रडाँको

आइतवार साउन १८ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

तुर्कमिनिस्तान उड्नु अघि ओलीले भूकम्प ल्याए,समावेशितामा सलाइ कोरे

आइतवार साउन १८ , २०८२

थप समाचार

चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ?
अन्तर्राष्ट्रिय

चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ?

आइतवार साउन १८ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन
ताजा समाचार

एमाले–समाजवादीपछि माओवादीमा सुरु भयो रडाँको

आइतवार साउन १८ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध
ताजा समाचार

तुर्कमिनिस्तान उड्नु अघि ओलीले भूकम्प ल्याए,समावेशितामा सलाइ कोरे

आइतवार साउन १८ , २०८२
चिनियाँ सेना पीएलएको ९८ वर्ष पूरा,अब ताइवानलाई कुल्चने
अन्तर्राष्ट्रिय

चिनियाँ सेना पीएलएको ९८ वर्ष पूरा,अब ताइवानलाई कुल्चने

आइतवार साउन १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Trumpसंग Bidenको रिस, Kamala थाकिन, हमा*सले हति*यार नत्याग्ने|| Nepal Times

World News: Trumpसंग Bidenको रिस, Kamala थाकिन, हमा*सले हति*यार नत्याग्ने|| Nepal Times

00:18:25

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

00:12:31

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

00:22:07

World News:Russiaसंग सम्बन्ध तोड्न Indiaलाई दबाब, Chinaले Russiaबाट तेल खरिद जारी राख्ने

00:15:55

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

माओवादी नेतृको विषवमन,भनिन् भोटे कुकुरको छाउरो 

शुक्रबार साउन १६ , २०८२

हालका पोस्टहरू

चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ?

चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ?

आइतवार साउन १८ , २०८२
प्रचण्ड नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिषद् गठन

एमाले–समाजवादीपछि माओवादीमा सुरु भयो रडाँको

आइतवार साउन १८ , २०८२
प्रधानमन्त्री हिटलर हो ? प्रश्न गर्ने पत्रकारलाई प्रवेश प्रतिबन्ध

तुर्कमिनिस्तान उड्नु अघि ओलीले भूकम्प ल्याए,समावेशितामा सलाइ कोरे

आइतवार साउन १८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.