खुलामञ्चमा खाना बाँड्न पुगे बाबुराम भट्टराई

खुलामञ्चमा खाना बाँड्न पुगे बाबुराम भट्टराई

१४ असोज, काठमाडौं ।
पूर्वप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी,नेपालका नेता बाबुराम भट्टराईले बुधबार खुलामञ्चमा पुगेर खाना बाँडेका छन्। सात महिनादेखि कोरोना महामारीका कारण हातमुख जोर्न समस्या भएकाहरुलाई भात खुवाईरहेका स्वयंसेवीलाई हौसला प्रदार्न गर्न भट्टराई बुधबार विहान सवा ९ बजे त्यहाँ पुगेका थिए।

भट्टराईसँगै पत्नी हिसिला यमी पनि खुलामञ्च पुगेकी थिइन्। उनीहरू बिहान साढे ९ खुलामञ्च पुगेका थिए भने दश बजेसम्म खाना बाँडेका थिए। भट्टराई त्यहाँ करिब एक घण्टासम्म खटिएर फर्किएको उनका स्वकीय सचिव रोशन पोख्रेलले जानकारी दिए। ।

उनले भने, ‘बाबुराम सर कसैलाई देखाउन वा प्रचार गर्न खात खुवाउने ठाउँ जानु भएको होइन । सात महिनादेखि निरन्तर खाना खुवाउन स्वयंसेवक खटिनु भएको छ। उहाँहरुलाई हौसला प्रदान गर्न जानु भएको हो।’

राजधानीको खुलामञ्चमा केही समयदेखि हाम्रो टिम नेपाल, मानवी क्रियटिभ एसोसियसन, गसिप क्वीन र हाम्रो सानो प्रयास संस्थाले लकडाउन र निषेधाज्ञाका कारण रोजीरोटी गुमाएर खान नपाएकाहरूलाई खाना खुवाउँदै आएका छन्।

सरकारले कोही भोकै बस्नु पर्दैन भन्ने गरे पनि रोजगारी गुमेका व्यक्तिहरु भात खान दिनहुँजसो खुलामन्च पुग्ने गरेका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.