डा. गाेविन्द केसीलाई अनसन फिर्ता लिन सरकारको आग्रह

डा. गाेविन्द केसीलाई अनसन फिर्ता लिन सरकारको आग्रह

१५ असाेज, काठमाडौं ।

सरकारले १८ दिनदेखि अनसनरत डा गोविन्द केसीलाई अनसन फिर्ता लिन आग्रह गरेको छ।

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले डा केसीलाई अनसन फिर्ता लिन आग्रह गरेका हुन्।

मन्त्री ज्ञवालीले भने- ‘देश संकटमा छ। कोरोना विरुद्धको लडाइमा जुधिरहेका धेरैलाई हामीले गुमाएका पनि छौं। यस्तो बेला अनसन र हडताल राम्रो विषय भएन। अरु मागमा पछि पनि छलफल गर्न सकिन्छ। सरकार डा केसीलाई अनसन फिर्ता लिन आग्रह गर्छ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.