भारतमा एक नेपालीको हत्यामा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

भारतमा एक नेपालीको हत्यामा संलग्न रहेको आशंकामा ४ जना पक्राउ

१८ असोज, काठमाडौं । भारतको महाराष्ट्रको कल्याण शहरमा एक हप्ताअघि एक नेपालीको हत्यामा संलग्न रहेको आशंकामा त्यहाँको प्रहरीले ४ जनालाई आइतबार गिरफ्तार गरेको छ ।

एक साताअघि नेपाली नागरिक भरत थापा कल्याण शहरमा मृत अवस्थामा फेला परेका थिए । थापा मोटरसाइकल चोरीमा संलग्न भएको शंका गरिएको थियो ।

हत्यामा संलग्न भएको आशंका गरिएका अन्य ८ जनाको खोजी जारी रहेको स्थानीय प्रहरीलाई उद्धत गर्दै टाइम्स अफ इन्डियाले समाचार प्रकाशित गरेको छ ।

प्रहरी इन्सपेक्टर रमेश भामेले १२ जनाले भरतलाई उनको कार्यालयबाट लगेर हत्या गरेको जानकारी दिएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.